close

सुर्नया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मडैको निधन

सुर्नया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मडैको निधन

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको सुर्नया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष केशवसिंह मडैको निधन भएको छ ।

 

जन्डिसका बिरामीसमेत रहेका मडैको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 


६५ वर्षीय मडैको आज बिहान एक्कासि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले बताइन् ।