close

जनकपुरधाम उपमहानगरका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा

जनकपुरधाम उपमहानगरका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा

Trulli
ADVERTISEMENT

धनुषा– जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।


जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पञ्जियार विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।


अगाडी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी पञ्जियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइ दिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबवासबाट खटेको टोलीले पक्राउ गरेको थियो ।  उनी सेवाग्राहीसँग २४ हजार घुस लिइरहेको अवस्थामा पक्राउ परेका थिए ।

अनुसन्धानको क्रममा वडा नम्बर १३ का वडाध्यक्ष कार्यालय सहयोगीको मिलोमतोमा सेवाग्राहीसँग नागरिकताको सिफारिसका लागि घुस रकमको बार्गेनिङ गरिएको अख्तियारको टोलीले प्रमाण फेला पारेको बताइएको छ ।

यता विशेष अदालतमा आरोप पत्र दायर भए लगत्तै सार्वजनिक पद धारण गरेको व्यक्तिको पद स्वतः निलम्बन हुने कानूनी प्रावधान अनुसार दुवै निलम्बनमा परेका छन् ।