close

चीनसँग जोडिदै मेरिङ्देन र मिक्वाखोला

चीनसँग जोडिदै मेरिङ्देन र मिक्वाखोला

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमा–चाँगा हुदै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाबाट चीनको स्वशासित क्षेत्र तिब्बत सीमा जोड्ने सडकको स्तरोन्नति तथा विस्तारको लागि सर्बे कार्य सुरु भएको छ ।

 
चालू आर्थिक बर्षमा प्रदेश १ सरकार, मेरिङ्देन गाउँपालिकाको समपूरक कोष ५० लाख र सडक पूर्वाधार विकास कार्यक्रमको ४० लाख गरी ९० लाख रुपैंयाको बजेटबाट यो कार्य भइरहेको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए ।


बिस्तृत परियोजना प्रतिबेदन(डिपीआर)तयार भएपछि सुरु हुने सडक निर्माण कार्यले निर्वाचन क्षेत्र १(ख) अर्थात तमोर पारीको सडकले पनि चीनको सीमा क्षेत्र छुने उनले जानकारी दिए ।


अहिले निर्वाचन क्षेत्र १(क) अर्थात तमोर वारीको उत्तर–दक्षिण ओलाङ्चुङगोला लोकमार्गमार्फत चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्र टिपातालासम्म सडक सञ्जाल जोडिने प्रकृयामा छ । लेलेप–गोला सडक खण्डको करिव ५ किलोमिटर ट्रयाक खुलेमा यो सडक सञ्जाल टिपताला सम्मको सडक सञ्जालमा जोडिने छ ।