वडा अध्यक्ष आफैले गरिदिए विपन्नका घरमा वायरिङ, अब उज्यालो हुने भयो मेलौली


  • change font
  • change font
  • change font

हामीकहाँ पर्याप्त स्रोत हुँदाहुँदै पनि त्यसको उचित र उपयुक्त प्रयोग गर्न सकेका छैनौँ । यही कारण त आजसम्म हामीले पिछडिएको, विपन्न र गरिब जीवन बाँचिरहेका छौँ । आफैँसँग भएको स्रोत र सम्पत्तिको प्रयोग पनि गर्न सकेका छैनौँ ।

 

तर, जनप्रतिनिधि र जिम्मेवार व्यक्ति अनि निकायको सानो प्रयासले पनि सामान्य नागरिकको जीवनमा कति ठूलो प्रभाव पर्छ र समाजको विकासमा कतिको अर्थपूर्ण योगदान हुन्छ भन्ने देखिएको छ बैतडीको मेलौली नगरपालिकामा ।