महानगरले घरभाडामै सिध्यायो लाखौँ रकम, सेवा लिन धाउनुपर्छ ११ ठाउँ


  • change font
  • change font
  • change font

आफ्नै जमिन छ प्रशस्त, साधन र स्रोत जुटाउने क्षमता नहुने कुरै भएन, तर पनि हाम्रा धेरै स्थानीय पालिकाहरु अझै आफ्नै भवनमा बस्न सकेका छैनन् ।

पालिकाका प्रमुखहरुलाई वडाका कार्यालय भवन वा शौचालय र पिङ अनि कसैका रेस्टुरेन्ट र चिया पसल उद्घाटन गर्नमा भ्याइ नभ्याइ छ तर आफ्नो कार्यालय भवन कसरी र कहिले बनाउने भन्नेतिर चिन्ता छैन ।

यसका कारण हजारौँ सेवाग्राही मर्कामा त परेकै छन्, लाखौँ रुपैयाँ राज्यकोषको रकमसमेत घरभाडामा स्वाहा भइरहेको छ ।