यो सँगै फैलदो कुकुरको संख्या अर्को चुनौती हो । रेबिजका कारण विश्वमा प्रत्येक वर्ष करीब ६० हजार मानिसको मृत्यु हुन्छ । ३७ लाख अशक्त हुने गरेको डब्लूएचओको तथ्यांक छ ।
यस्तो भयावह अवस्थामा रेबिजविरुद्धको खोपसँगै कुकुरको बन्ध्याकरण एउटा भरपर्दो उपाय हो । लम्जुङमा रेबिज सचेतनाका लागि के हुँदैछ त ?