सिन्धुली- स्थानीय सरकार बनेपछि जनताको अपेक्षा थियो– अव गाउँको मुहार फेरिने छ । जनप्रतिनिधिले विकास र जनजिवीकाका सवालमा उल्लेख्य काम गर्छन् ।
जनताका यस्ता अधिकांश अपेक्षा पुरा नभएपनि स्थानीय सरकारले पूर्वाधार विकासमा विस्तारे फ्डको मारेको यथार्थलाई भने बिर्सन मिल्दैन । सिन्धुलीको कमलामाइ नगरपालिकाले पूर्वाधार विकासमा मार्दै गरेको फड्कोले आशा जगाएको छ ।
पर्यटनको प्रचुर सम्भावनालाई साकार बनाउन र पर्यटकलाई आकर्षण गर्न कमलामाई नगरपालिका मिहिनेतका साथ जुटेको छ ।