यसरी बन्दै छन् एकै डिजाइनका ११ वडा कार्यालय


  • change font
  • change font
  • change font

जनप्रतिनिधिले कार्यभार सम्हालेको तीनवर्ष वितेपनि अधिकांशले आफु बस्ने घर भने अझै गतिलो बनाउन सकेका छैनन् । भाडा र जीर्ण भवनवाट सेवा दिइरहेका छन् गाउँका सरकारले । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि भने अव यो समस्याबाट मुक्त हुँदैछन् । भवनको समस्या वुझेका यहाँका जनप्रतिनिधिले पाँच वर्षे आवधिक योजना अनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माण गरिरहेका छन् । त्यो पनि एकै डिजाइनका ।