झापाका युवाको लोभलाग्दो उद्यमशीलता, बाँसका सामग्री बनाएर देश विदेशमा बेच्दै


  • change font
  • change font
  • change font

पर्याप्त स्रोत अनि समय भएर पनि जाँगर पर्याप्त नहुँदा हामीकहाँ भएका स्रोतहरु त्यसै खेर गएका छन् भने हाम्रो श्रम र समय अर्कैले दुरुपयोग गरेको छ वा कौडीको भाउमा बेचिरहेका छौँ ।

 

हातमा सीप हुने हो भने अथवा आवश्यक सीप सिक्ने हो भने यहीँका स्रोत माटो, ढुंगा, रुख, बाँस, जरा आदिबाट पनि राम्रा चिज उत्पादन गरेर मनग्य आम्दानी गर्न सकिन्छ । यस्तो उदाहरण बनेका छन् झापाको बुद्धशान्ति गाउँपालिकाका युवा ।