गुल्मीमा यस वर्ष सुन्तला उत्पादन घट्याे, गुजारा कसरी चलाउने भन्ने चिन्तामा कृषक


  • change font
  • change font
  • change font

गुल्मीमा यस वर्ष सुन्तला उत्पादन घटेको छ । सुन्तलाको उत्पादन घट्नाले सुन्तला बेचेर वर्ष गुजार्नुपर्ने अवस्थाका कृषकमा निराशा छाएको छ ।

 

कोरोनाको महामारीमा थलिएका कृषकलाई सुन्तला फल्ने र फुल्ने समयमा बढी वर्षाका कारण सुन्तलामा राम्रो फल नलागेपछि निराशा छाएको छ ।

 

उत्पादनमा कमी भएसँगै गुजारा कसरी चलाउने भन्ने चिन्ताले समेत कृषकलाई सताएको छ ।