पक्ष
गुरुप्रसाद अधिकारी
आयोजना प्रमुख, उपत्यका सडक विस्तार आयोजना
संघीय सरकारले सञ्चालन गरेका पूर्वाधार विकासका आयोजनामा स्थानीय सरकारले चासो देखाएनन् । सामान्य खाल्डाखुल्डी पुर्न पनि केन्द्र सरकारको मुख ताक्ने पवृत्ति स्थानीय सरकारमा देखियो ।
केन्द्र सरकारको लगानी भएको सडकमा स्थानीय सरकारले समन्वय बाहेक कुनै पनि काम गरेका छैनन् । वर्षादको समयमा सडकमा पर्ने खाल्डा पुर्ने काम होस् या सडक आसपासमा ढलको पाइप विच्छाउने काममा स्थानीय सरकारले चासो नै देखाउँदैनन् ।
स्थानीय सरकारले आफ्नो क्षेत्रका भित्री सडकहरुको काम गरेको होला । तर हालसम्म विस्तार गर्न थालिएका सडकमा स्थानीय सरकारले कुनै काम गरेनन् । उपत्यकाका काँठक्षेत्रमा विस्तार गर्न लागिएको अधिकांश सडक जारी नै छ । विभिन्न समस्याका कारण काम हुन सकेका छैनन् । ती सडकमा स्थानीय सरकारले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै काम गर्नै मान्दैनन् । जवकी यसमा उनीहरुको अपनत्व हुनुपर्ने हो ।
कालोपत्रे भएका सडकमा सामान्य खाल्डा पुर्न पनि केन्द्र सरकारले नै पुग्नुपर्ने अवस्था छ । खाल्डा पुर्न उपत्यकाका काँठ क्षेत्रका सडकमा यस्तो समस्या व्याप्त छ । चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल,गोदावरी लगायतका सडकमा सवैभन्दा वढी यस्तो समस्या छ ।
कालोपत्रे भएका सडकमा त समस्या भएन । तर कालोपत्रे नभएका सडकमा खाल्डाखुल्डी, हिलो र धुलोको सास्ती छ । विजुलीका पोल सार्ने, सामान्य खाल्डाखुल्डी पुर्ने, ढलको सामान्य ब्यवस्थापन समेत स्थानीय सरकारले गरेको छैन ।
यी काम सडक विस्तार आयोजना अर्थात केन्द्र सरकारले नै गरेको छ । स्थानीयसँग हामी समन्वय गरिरहेका छौं । तर जनप्रतिनिधिले चासो नै देखाउदैनन् । सवैठाउँमा केन्द्रको आँखा पुग्दैन । यस्तो वेला स्थानीय सरकार नै अग्रसर हुनुपर्ने हो ।
तर आजसम्म यस्तो नहुँदा उपत्यकाका सडकका खाल्डाबाट सर्वसाधारणले सास्ती व्यहोरेका छन् । हामी आग्रह गर्दछौ कि स्थानीय सरकार आफ्ना क्षेत्रका यस्ता मसिना काममा आफै अग्रसर होस । केन्द्रको मुख ताक्ने काम बन्द गरोस ।