close

चेल्सी पारजित हुँदा म्यानचेस्टर सिटी बराबरीमा रोकियो

चेल्सी पारजित हुँदा म्यानचेस्टर सिटी बराबरीमा रोकियो

Trulli
ADVERTISEMENT

काठमाडौं ।  म्यानचेस्टर सिटीइंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । 

खेलको पाँचौँ मिनेटमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । मिगुएल आल्मिरोनले खेलको २८औँ मिनेटमा गोल गर्दै न्युक्यासललाई १–१ गोलको बराबरीमा पुर्‍याए । खेलको ३९औँ मिनेटमा क्यालम विल्सनले गोल गर्दै सिटीविरुद्ध न्युक्यासललाई २–१ गोलको अग्रता दिलाए ।

पहिलो हाफमा नै अग्रता लिएको न्युक्यासलले दोस्रो हाफमा थप अर्को गोल गर्दै सिटीविरुद्ध ३–१ गोलको अग्रता बनाएको थियो । न्युक्यासलका लागि खेलको ५४औँ मिनेटमा काइरन ट्रिपिएरले गोल गरे ।

खेलको ६०औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई ३–२ गोलको स्थितिमा ल्याए । खेलको ६४औँ मिनेटमा बर्नार्डो सिल्भा गोल गर्दै सिटीलाई ३–३ गोलको बराबरीमा पुर्‍याए । दुई गोलको अग्रता जोगाउन नसक्दा न्युक्यासलले म्यानचेस्टर सिटीसँग अंक बाँडेको हो ।

यो बराबरीसँगै दोस्रो स्थानमा रहेको सिटीको ३ खेलबाट ७ अंक भएको छ । न्युक्यासलको ३ खेलबाट ५ अंक छ । लिगको शीर्ष स्थानमा रहेको आर्सनलको ३ खेलबाट ९ अंक छ । आइतबार नै भएको खेलमा लिड्स युनाइटेडसँग चेल्सीले ३–० को लज्जास्पद हार व्यहोरेको छ ।