close

लेवान्डोस्की चम्किँदा बार्सिलोना विजयी

लेवान्डोस्की चम्किँदा बार्सिलोना विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । स्पानिस ला लिगामा रोबर्ट लेवान्डोस्की चम्किँदा  बार्सिलोनाले रियल सोसिडाडलाई ४-१ ले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई गोल गर्दा औसमाने डेम्वेले र अन्सु फातीले समान एक गोल गरे ।

आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिन सफल भएको थियो । खेलको छैठौं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

खेलको ६६औं मिनेटमा औसमाने डेम्वेलेको गोल गर्दै बार्सिलोनाले अग्रता लिए । ६८औं मिनेटमा लेवान्डोस्की एक गोल थप्दै गोलअन्तर फराकिलो बनाए । अन्सु फातीले ७९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । 

पहिलो जित निकालेको बार्सिलोना दुई खेलबाट ४ अंक जोडेर पाँचौं स्थानमा छ ।