close

गाउँका करोडपतिः तरकारी बेचेर वर्षमा २ करोड

उत्पादन देखेर हौसियो नगर, धमाधम पकेट क्षेत्र घोषणा

गाउँका करोडपतिः तरकारी बेचेर वर्षमा २ करोड

उत्पादन देखेर हौसियो नगर, धमाधम पकेट क्षेत्र घोषणा

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– बर्दघाट–१४ नेपालडाडाँका नेपाल परिवारको परिचय फेरिएको छ गाउँमा । तरकारीमा ‘तरक्की’ गर्दै आइरहेका उनीहरुको पुख्यौली व्यवसाय हो ।


नेपाल परिवारका सबैभन्दा जेठा चित्रकुमार नेपाल (बैकुण्ठ) वर्षेनी १० देखि १५ लाख रुपैयाँ बढीको तरकारी बेच्छन् ।  ५८ वर्षीय उनका सबै दाजुभाइको गरेर अहिले १० बिघा जमिनमा तरकारी खेती छ ।


यो पेशामा अहिले पनि २ पुस्ताले जिविकोपार्जन गरिरहेको छ । बैकुण्ठ मात्र होइन उनका माइलो भाई निलकण्ठ, साइँलो सिताराम, काइला बासुदेव र कान्छो रामचन्द्र पनि तरकारी खेतीमै रमाइरहेका छन् ।

धेरै थोरै सबैले तरकारी खेती गर्दै आएका नेपाल परिवारले तरकारीबाटै आफ्नो परिचय पनि बनाएका छन् । दैनिक ज्यालादारीमा नेपाल परिवारले सयांै मानिसलाई रोजगारी दिइरहेका छन् ।


वर्षभर नेपाल परिवारले २ करोड रुपैयाँ बढीको तरकारी उत्पादन गरेर बजारमा बिक्री गर्दै आइरहेको छ । कान्छा रामचन्द्र भन्छन्, ‘नाफा घाटा जे भएपनि हामी र दाजुका छोराहरुले गरेर बार्षिक २ करोड बढीको तरकारी उत्पादन छ ।’


बैकुण्ठका ५ दाजुभाइ मात्र होइन । नेपाल परिवारको दोस्रो पुस्ता अर्थात बैकुण्ठका ४ जना छोराहरु मध्ये तीनजना पनि तरकारी उत्पादन र बिक्री बितरणमै आफ्नो भविश्य देखिरहेका छन् । जेठा बिनोद नेपाल ३३ वर्षका भए । विदेशमा खाएको ठक्करले उनलाई नेपालमै केही गरांै भन्ने प्रेरणा दियो । भन्छन्, ‘हजुरबुवादेखिको पेशा छोड्न पटक्कै मन छैन ।’


बिनोद फर्किएर बुवा र काकाहरुले गर्दै आइरहेको पेशामा लागे । अहिले ४ बिघामा टमाटर, १५ कठ्ठामा बन्दागोभी फलाएका छन् । अब करेलाको बिउ रोप्ने तयारीमा छन् उनी  ।


बिनोदले बर्दघाट बजारमा आफ्नै बिक्री केन्द्र खोलेका छन् । बिनोद कहाँ अहिले खेतमा काम गर्नेहरुको ताँती नै छ । उनी भन्छन ‘तरकारी लगाउनेदेखि अहिले सम्म ७ सय जनालाई दैनिक ज्यालामा रोजगार दिएसकेको छु । स्याहार्दासम्म एकै सिजनमा १५ लाख रुपैयाँ बढी खर्च हुन्छ ।

 

एक सिजनमा तरकारी बेच्दा ३० देखि ३५ लाख रुपैयाँ सम्म कारोवार हुने गरेको उनी बताउँछन् । खेती प्रति उनी सन्तुष्ट छन् । सरकारबाट प्रोत्साहन र सहयोग होस भन्ने उनको चाहना छ ।


तरकारी खेती हेर्न र अनुभव साटासाट गर्न विनोद कहाँ धेरै मानिस आउछन् । तरकारी खेती हेर्न प्रदेश कृषि मन्त्री आरती पौडेल समेत आएको उनी सुनाउछन् ।   हेर्न आउनेबाट उनले उत्साह समेत पाएका छन् । ‘कृषि मन्त्रीले आउनुस केही सर्पोट गरौला भन्नुभएको थियो’, बिनोद भन्छन्, ‘बजार व्यवस्थापनमा केही सहयोग पनि भयो । आशा अझै मरिसकेको छैन ।’


पहिलो लकडाउनमा केही समय प्रदेश कृषि मन्त्रालयले जनउत्थान सहकारीसँंगको सहकार्यमा बजार व्यवस्थापनमा सहयोग पु¥यारहेको उनी बताउँछन् । भारतीय तरकारी रोक्ने र आन्तरिक बजार व्यवस्थापनमा सहयोग गर्न हो भने कृषकहरुलाई प्रोत्साहन हुने बिनोदको अनुभव छ ।

 

‘टमाटर पनि यही पुग्ने गरी उत्पादन छ’, उनी भन्छन्,  ‘तर भारतबाट ल्याइने गरेकोले हाम्रा उत्पादनले बजार पाउदैन ।’ भारतीय उत्पादनका कारण मर्कामा परेकोले यसलाई रोक्न पहल लिनुपर्ने विनोद बताउँछन् ।
 

स्थानीय सरकारले सहज रुपमा तरकारी बेच्ने र सर्मथन मूल्य तोक्ने कार्य गरे किसानको हित हुने उनको तर्क छ । बिनोदका भाइहरु बिष्णु नेपाल र गणेश नेपाल पनि तरकारी व्यवसायमै छन् ।

 

जिल्लामै वढ्यो आकर्षण

 

पश्चिम नवलपरासीको बर्दघाट नगरमा कृषि प्रति आर्कषण बढ्दो छ । वडा वडामा पशु तथा कृषि फर्म थपिएका थपियै छन् । त्यस्तै वडा १४ र १५ का कृषकहरुलाई हेरेर नै तरकारी पकेट क्षेत्र घोषणा गरेर कृषकलाई सहयोग पु¥याइरहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्याल बताउँछन् । उनले  वडा नम्बर १४ मा तरकारीको राम्रो सम्भावना रहेकोले पकेट घोषणा गरिएको बताए ।


कृषि क्षेत्रबाट नगरको समृद्धि देखेकै कारणले वडा १२ र १३ मा मकै, १४ वडामा तरकारी र १५ नम्बर वडामा आलु उत्पादनमा नगरले कृषकहरुसँग हातेमालो गरेको  नगरप्रमुख बस्यालको भनाइ छ ।


बर्दघाट वडा नम्बर १३ लाई मकै पकेट क्षेत्र बनाइएको छ । ‘प्याजखेतीमा पनि बिउबिजन अनुदान कार्यक्रम छ । धान तथा गहुँको बिउमा पनि ५० प्रतिशत अनुदान दिदै आएका छौ,’ नगरप्रमुख  बस्याल भन्छन् ।


नगरमा सबै वडामा व्यावसायिक तरकारी कृषक छन् । वडा  नम्बर २ चिसापानीका युवाले पनि तरकारी उत्पादन थालेका छन् ।


प्रत्येक वडाका आ–आफ्नै बिशेषता छन् । त्यसैले कृषि क्षेत्रमा स्थानीय तहले एकीकृत योजना बनाएर अगाडि बढने बेला आइसकेको छ । कोरोनाका कारण विश्वकै अर्र्थतन्त्र धराशायी भइरहेको बेला बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई ब्यवसायिक कृषितर्फ लगाउन सके नगर समृद्ध बन्ने स्थानीयको अपेक्षा छ ।