close

बाजुराको तरकारीः चामलभन्दा आलु महँगो

बाजुराको तरकारीः चामलभन्दा आलु महँगो

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराका विभिन्न स्थानीय बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोग्य वस्तुको भाउ छोई नसक्नु भएको छ ।


बाजुराका व्यापारिक केन्द्र कोल्टी, पीलुचौर, धुलाचौर र भारतीकौषाडी हाटबजारलगायत स्थानीय बजारमा खाद्यान्नभन्दा तरकारीको मूल्यमा वृद्धि भएको हो । दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा एकरूपता नहुँदा उपभोक्ताको भान्सा महँगिएको हो ।


स्थानीय स्तरमा उत्पादित तरकारीको मूल्य कायम नहुँदा व्यापारीले आफूखुसी मोल गरेर बेचेपछि उपभोक्ता मारमा परेका छन् । लकडाउनको समस्या देखाउँदै कोल्टीका व्यापारीले तरकारीको मूल्यमा ह्वात्तै बढाएको उपभोक्ताको गुनासो छ ।


बजारमा दैनिक रूपमा बिक्री वितरण हुँदै आएका आलु, प्याज, बन्दा, काउली, गोलभेडालगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा तेब्बर वृद्धि भएको छ ।


पहिले ३० रुपैयाँमा पाइने आलुको मूल्य अहिले प्रतिकिलो ७० रुपैयाँ पुगेको स्थानीय जमुनका कार्कीले बताइन् । त्यस्तै, प्याज केजीको २६० र गोलभेडाको मूल्य १०० रुपैयाँ पुगेको छ ।
 

तरकारी व्यापारी चन्द्रबहादुर शाही भने बेमौसमी सिजन भएकाले तरकारीको मूल्य बढेको दाबी गर्छन् । ‘स्थानीय स्तरमा मागअनुसार तरकारी उत्पादन हुँदैन । बाहिरबाट ल्याउँदा स्वतः मूल्य बढी हुन्छ । कोही कसैले बढी मूल्य लिएर बेचेका हुन सक्छन् । उचित बजार व्यवस्थापन नहुँदा तरकारीको भाउ बढेको हो’, उनले भने ।

 

मागअनुसार तरकारी उत्पादन नभएको भने पनि उत्पादकले लागत पाउन सकेका छैनन् । बिचौलियाका कारण पनि तरकारीको मूल्य बढाउन सहयोग पुगेको स्थानीय टेकेन्द्र खत्री बताउँछन् ।
 

उत्पादनमा कमी र आवश्यकताभन्दा बढी माग भएकाले पनि तरकारी महँगिएको व्यवसायीको दाबी छ । खाद्यान्नभन्दा तरकारीको मूल्य बढी भएपछि स्थानीय सरकारले बजार व्यवस्थापन गरिदिनुपर्ने माग तरकारी किसानको छ ।