close

मौरी पकेट क्षेत्र विस्तार गर्दै बर्दघाट 

मौरी पकेट क्षेत्र विस्तार गर्दै बर्दघाट 

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले मौरीपालन पकेट क्षेत्र विस्तार कार्यक्रम सुरु गरेको छ । निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन नगरले मौरीपालक कृषक सुविधालाई लक्षित गरेर पकेट क्षेत्र विस्तार कार्यक्रम सुरु गरेको हो ।


नगरभित्रका विभिन्न स्थानमा मौरी पाल्दै आएका कृषकको मह उत्पादन बढाएर बजारीकरणका लागि कार्यक्रम सुरु गरिएको नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए । ‘कृषि क्षेत्रको लगानी बढाएर पकेट क्षेत्र विस्तारका लागि खर्चिंदै छौँ । मकै, तरकारी र बाख्रासँगै मौरी पकेट क्षेत्र विस्तार गरिन लागेको हो’, नगरप्रमुख बस्यालले भने ।

 

चिसापानी सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा मौरी पकेट विस्तार गर्न लागिएको उनले जानकारी दिए । ‘अहिले कृषकलाई ७५ मौरीघार दिएका छौँ । छिट्ट १ सय घार बनाउनेछौँ’, नगर प्रमुख बस्यालले भने ।


उपप्रमुख मायादेवी पौडेलले मह उत्पादनमा नगरलाई आत्मर्निभर बनाउन नगरले योजना ल्याएको बताइन् । त्यस्तै, चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमबहादुर गुरुङले वनमा रहेका चरनको सदुपयोग गर्दै मौरी चरन क्षेत्र उपलब्ध गराइएको जानकारी दिए । 

 

‘नगरले मौरीपालक कृषक समूहलाई घार उपलब्ध गराएर प्रोत्साहन गरेको छ । घार तथा प्रविधि पाएपछि प्रदान गरेपछि कृषक खुसी छन्’, गुरुङले भने । बर्दघाट वडा नम्बर ७ लाई मौरी गाउँ बनाउने तयारी गरेको नगरले वडा नम्बर २ मा समेत मौरी पकेट क्षेत्र विस्तार गर्न थालेको हो ।

 

मौरीपालन कृषक संघ लुम्बिनी प्रदेश सदस्य पशुपति पोखेरल मौरीपालनबाट वातावरणीय लाभका साथै आर्थिक उपार्जनसमेत हुने सुनाउँछन् ।

 

बर्दघाट नगरले वडा नम्बर १२ र १३ लाई मकै र वडा नम्बर १४ लाई तरकारी पकेट क्षेत्र घोषणा गरिसकेको छ । यस्तै, वडा नम्बर २ को पहाडी चुरे बस्तीलाई बाख्रा पकेट क्षेत्र घोषणा गरेको छ ।