close

स्वाठीका किसानले पाए कृषि यन्त्र 

स्वाठीका किसानले पाए कृषि यन्त्र 

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर ९ स्वाठीका किसानलाई कृषि यन्त्र हस्तान्तरण गरिएको छ । सुनवल नगरपालिका प्रमुख भीमबहादुर थापा क्षेत्रीले कृषि यन्त्र हस्तान्तरण गरे । कार्यक्रममा उनले कृषि यन्त्र प्रयोग गरी उत्पादन बढाउन किसानलाई आग्रह गरे ।

 

कम्बाइन हार्बेस्टर १ थान, ट्रयाक्टर १ थान, ल्यान्ड लेजर लेवलर १ थान, पोटेटो हार्वेस्टर १ थान, पोटेटो पल्लान्टर १ थान, सिडर १ थान, रोटाभेटर १ थान कुल ६६ लाख ५० हजार ९५ रुपैयाँ २५ पैसा बराबरको कृषि यन्त्र स्वाठी कृषि सहकारी संस्था स्वाठीलाई हस्तान्तरण गरिएको थियो ।


स्वाठी कृषि सहकारी संस्थाका अध्यक्ष वीरबहादुर थापाले कृषि यन्त्र पाएपछि उत्पादन वृद्धि हुने अपेक्षा व्यक्त गरे ।


सुनवल वडा नम्बर ९ का वडाध्यक्ष कन्हैया थारु, सहमतिको अध्यक्ष करुणा सागर सुवेदी, गुड नेवर्स इन्टरनेसनल नेपालका टिम लिडर लोकबहादुर थारुलगायतले कृषि यन्त्र सदुपयोग गरी आर्थिक उन्नति गर्न सुझाए । 

 

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सञ्चालित छ ।


कोइकाको आर्थिक सहयोग तथा गुड नेवर्स इन्टरनेसनलको प्राविधिक सहयोग एवं सहमतिको आयोजनामा सञ्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासीअन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट कृषि यन्त्र उपलब्ध गराइएको हो ।