close

सैनामैना नगरप्रमुखलाई कांग्रेसको ज्ञापन : किसानलाई राहत प्याकेज घोषणा गर्न माग 

सैनामैना नगरप्रमुखलाई कांग्रेसको ज्ञापन : किसानलाई राहत प्याकेज घोषणा गर्न माग 

Trulli
ADVERTISEMENT

रूपन्देही–रूपन्देहीको सैनामैना नगरपालिकाको कांग्रेस नगरसमितिले लगातारको बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई सम्बोधन हुने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सैनामैना नगरपालिकासँग माग गरेको छ ।


सोमबार कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनालबाट हस्ताक्षरित ज्ञापनपत्रमा सैनामैनामा वर्षाका कारण ठूलो संख्यामा किसान प्रभावित भएकाले राहत प्याकेज घोषणा गर्न माग गरिएको हो । नगरप्रमुख चित्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाउँदै किसानकोे पीडामा सरकारको निर्णायक सहभागिता हुनुपर्ने बताइएको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘वर्षाका कारण घर भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । किसानलाई तत्काल जग्गाको मालपोत कर मिनाहा, मलखाद, बिउबिजन निःशुल्क उपलब्ध गराइनुपर्छ ।’ वास्तविक पीडित किसान पहिचान गरी क्षतिपूर्ति दिनुपर्ने कांग्रेस रूपन्देही जिल्ला उपसभापति फणीन्द्रप्रसाद शर्माले बताए ।


मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, अप्रत्याशित रूपमा आउने विपत्तिको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि जिल्ला उपसभापति शर्माले नगरपालिकासँग माग गरे । लगातार वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । पश्चिम नेपालमा बाढीका कारण केही व्यक्तिको मृत्यु हुनुका साथै ठूलो संख्याका मानिस प्रभावित भएका छन् ।