close

भक्तपुरका किसानलाई बाँडियो गहुँ र आलुको बिउ 

भक्तपुरका किसानलाई बाँडियो गहुँ र आलुको बिउ 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्रभित्रका किसानलाई गहुँ र आलुको बिउ वितरण गरेको छ । नगरप्रमुख सुनील प्रजापतिले १० वटै वडाका कृषक समूहलाई आलु र गहुँको बिउ वितरण गरेका हुन् ।

 

कार्यक्रममा नगर प्रमुख प्रजापतिले निर्यातजन्य वस्तु उत्पादन तथा उत्पादकत्व बढाउन नसक्दा मुलुकको व्यापार घाटा चुलिएको बताए । उनले कृषिप्रधान देश भएर पनि नेपाल कृषिमै परनिर्भर हुनुमा दलहरू जिम्मेवार भएको आरोप लगाए ।


भक्तपुर नगरपालिकाले किसानको हितअनुसारका गतिविधिमा जोड दिँदै आएको दाबी गरे । उनले नागरिकलाई आधारभूत खानेपानी र विद्युत् सेवा उपलब्ध गराउन स्थानीय तहबाटै मात्र सम्भव नभएकाले संघीय सरकारले पनि पहल गर्नुपर्नेमा जोड दिए    


नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समिति उपाध्यक्ष गोविन्द दुवालले खेतबारीमा गहुँ र आलु लगाउने समय भएकाले नगरपालिका किसानलाई लक्षित गर्दै उन्नत जातका बिउ वितरणमा जोड दिँदै आएको र मलखाद समयमै उपलब्ध गराउँदा उत्पादन बढ्ने अपेक्षा रहेको जानकारी दिए ।

 

वडा नम्बर ३ का वडाध्यक्ष एवं कृषि समिति संयोजक राजकृष्ण गोराले नगरबासी किसानलाई उत्साहित गर्न र कृषि उत्पादन बढाउन उन्नत जातको गहुँ, धान, आलुको बिउ र कृषि चुन वितरण गर्दै आएको बताए । 


नगरपालिकाले किसानको सल्लाहबमोजिम कृषि लक्षित कार्यक्रम अगाडि सार्दै आएको उनको भनाइ छ । नगरपालिकाले १० वटै वडामा गठित कृषि समूहमार्फत नगरभित्रका किसानलाई प्रतिघरपरिवार ५ किलो गहुँ र ५ किलो आलुको बिउ वितरण गरिने उनले जानकारी दिए ।