close

गड्यौला खेतीबाट लाखौं आम्दानी

गड्यौला खेतीबाट लाखौं आम्दानी

Trulli
ADVERTISEMENT

डडेल्धुरा– अजयमेरु गाउँपालिकाका कृषकहरू गड्यौला खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीयस्तरमा पशुपालन कम भइरहेको अवस्थामा गड्यौलाको मल बढी लाभदायक भएकाले गड्यौला खेतीतर्फ कृषकको आकर्षण बढेको हो । 

गाउँपालिकाको वडा नं १, २, ३ र ५ मा किसान गड्यौला खेती गरेर मल उत्पादनमा संलग्न भएको पालिकाका कृषि प्रसारक अधिकृत तारा सिंहले बताए । उनले भने, ‘गत वर्षमा गड्यौला मल उद्योगबाट कृषक लक्ष्मण पनेरुले १२० क्वीन्टल, लक्ष्मण ऐरले ७७ क्वीन्टल, भानबहादुर मल्लले ४५ क्वीन्टल मल उत्पादन गरेका थिए ।’

चालु आर्थिक वर्षमा आवमा लक्ष्मण पनेरुले ४५ क्वीन्टल, लक्ष्मण ऐरले ८० क्वीन्टन, भानबहादुर मल्लले ५० क्वीन्टल र टेकराज पनेरुले ३ क्वन्टिल मल उत्पादन गरेका उनले सुनाए ।

कृषकले उत्पादन गरेको मल स्थानीय स्तरमा नै विक्री गर्दै आएका छन् । उक्त मल किलोको ३०–५० रुपैयाँको दरले गाउँघरमा नै बिक्री हुने गरेको उनले पालिकाखबरलाई सुनाए । आगामी दिनमा किसानहरू गड्यौला मल उत्पादनतर्फ थप आकर्षित हुने उनको अनुमान छ । व्यवसायिक रुपमा तरकारी खेती गर्ने, फलफूल खेती गर्ने किसानले गड्यौँलाको मल किनेर लगेको उनले बताए ।

गड्यौला मल उत्पादन गर्ने किसानलाई कृषि विकास निर्देशनालय दिपायलले वडास्तरमा उत्पादनको आधारमा कृषकहरूलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म आर्थिक सहयोग गरेको उनले बताए । किसानका माग अनुसार निर्देशनालयले गड्यौला मल उत्पादनका लागि ६ देखि ७ किलो गड्यौला वितरण,  तालिम तथा गड्यौला खेतीका लागि आवश्यक सामान ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ । तर, गड्यौला मल उत्पादनका लागि किसानलाई पालिकाबाट हालसम्म कुनै पनि सहयोग नभएको किसानको गुनासो छ ।