close

लमजुङका स्थानीय सरकारले ल्याए साढे ४ अर्ब बढीको बजेट

लमजुङका स्थानीय सरकारले ल्याए साढे ४ अर्ब बढीको बजेट

Trulli
ADVERTISEMENT

लमजुङ– लमजुङका ८ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब ५८ करोड ७७ लाख १८ हजार ४ सय २ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

 

४ वटा नगरपालिकाले २ अर्ब ७५ करोड ६० लाख ९४ हजार रुपैयाँको बजेट ल्याएका हुन् भने ४ वटा गाउँपालिकाले १अर्ब ८२ करोड ६७ लाख २४ हजार ४ सय २ रुपैयाँको बजेट ल्याएका हुन् । केही स्थानीय तहले बुधबार नै बजेट ल्याएका थिए । धेरैले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे ।

 

लमजुङका स्थानीय तहले यस पटक पनि स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, कृषि, नागरिक सन्तुष्टि सर्वेक्षण, अन्तरनिकाय समन्वयलगायत कार्यक्रम समेटेर बजेट ल्याएका छन् ।   

 

लमजुङमा सबैभन्दा बढी सुन्दरबजार नगरपालिकाले ७३ करोड २५ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । बेँसीसहर नगरपालिकाले ७२ करोड ६५ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

 

चालूतर्फ ४० करोड ३३ लाख ४५ हजार (५२.५२ प्रतिशत) र पुँजीगततर्फ ३२ करोड ३१ लाख ९६ हजार (४४.४८ प्रतिशत) बजेट ल्याएको हो ।

 

मध्यनेपाल नगरपालिकाले ६७ करोड ८८ लाख ९ हजार रुपैयाँको बजेट ल्याएको छ । राइनास नगरपालिकाले नवौँ नगरसभाबाट ६१ करोड ५८ लाख ३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

 

दोर्दी गाउँपालिकाले ६२ करोड १८ लाख ५२ हजार रुपैयाँ बजेट ल्याएको छ । मस्र्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

दूधपोखरी गाउँपलिकाले आगामी आर्थिक वर्षका लागि ४० करोड ५८ लाख ५८ हजार ४ सय २ रुपैयाँको बजेट ल्याएको छ । यसमा चालूतर्फ १२ करोड ३८ लाख ५८ हजार ४ सय २ अर्थात् ३०.६ प्रतिशत र पुँजीगततर्फ २८ करोड २० लाख रुपैयाँ अर्थात् ६९.४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

 

क्व्होलासोंथर गाउँपालिकाले ३१ करोड ३६ लाख १४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मुलुकलाई संघीय संरचनामा लगिएसँगै स्थानीय तहले हरेक वर्ष १० असारअगावै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ ।

 

लमजुङका स्थानीय तहले एकै दिन नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन् ।