close

आगलागीको पीडा : रहेनन् वीरबहादुर र देउसरी

आगलागीको पीडा : रहेनन् वीरबहादुर र देउसरी

Trulli
ADVERTISEMENT

काठमाडाैं- बिहीबार दाङको लमही नगरपालिका–९ तरूलियाका ७० वर्षीय वीरबहादुर बोटेको आँखै अगाडि आफ्नो कच्चि घर र गोठ दनदनी बल्दै थियो । उनी हारगुहार गर्न थाले । गोठ त जलिनै सक्यो । घरपनि बाँकी नरहने अवस्था देखेपछि ७० बर्षिय वीरबहादुर दौडदै घरभित्र पसे । दनदनी बलिरहेको घरभित्र रहेका सामान निकाल्न भित्र त पसे तर उनी बाहिर निस्कन सकेनन् ।

आगोको भुंग्रोका बीचमा वीरबहादुरले आफ्नो ज्यान गुमाए । वीरबहादुरको परिवारले वीरबहादुर, घर, गोठ सबै गुमाए । ५ लाख भन्दा बढीको धनमाल आगलागीमा परेको परिवारको भनाई छ ।    

उता स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङले पनि आगलागीकै कारण ज्यान गुमाईन । आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउन बारीमा पुगेकी रउसरी पनि बारीबाट घर फर्किइनन् । पतिंगर जलाउन लगाएको आगो जंगलमा सल्कन गएपछि उनी आगो निभाउने प्रयास गर्न थालिन् । यहिक्रममा ७४ बर्षीया रेउसरीको पनि ज्यान गयो ।