close

सत्ता समीकरणले स्थानीय सरकारका कामकारबाहीमा असर पर्दैन : प्रधानमन्त्री

सत्ता समीकरणले स्थानीय सरकारका कामकारबाहीमा असर पर्दैन : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारबाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताएका छन् । 

गोरखाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने क्रममा उनले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न आग्रह गरे । जिल्लामा रहेका संघीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिए । 

उनले आयोजनामा देखिने दोहोरोपन अवस्था हटाउनुपर्नेमा बताए । “केन्द्र र प्रदेश आयोजना छनोट गर्दा स्थानीय सरकारको सिफारिस लिने र सोको अभिलेख स्थानीय सरकारसँग रहनेगरी समन्वय गर्नुहोला,” प्रधानमन्त्रीले निर्देशन दिए । 

स्थानीय सरकारले कानुनबमोजिम अधिकार प्रयोग गर्दा करलगायत जनतासँग प्रत्यक्ष सम्बन्ध रहने विषयहरूमा सबै पालिकाले सकेसम्म समान धारणा बनाउनुपर्ने उनको भनाइ छ । “सम्भव भएसम्म कार्यालय प्रमुखहरूले जनताका गुनासो सुन्नुपर्छ, जनताका लागि कार्यालय प्रमुखले सधैँ ढोका खुला राख्नुपर्छ,” प्रधानमन्त्रीले भने ।