close

शिक्षा मन्त्री श्रेष्ठको कडा अभिव्यक्ति: 'शिक्षक-कर्मचारीले दलीय राजनीति गरे कारवाही गर्छु, उजुरी दिनुस्'

शिक्षा मन्त्री श्रेष्ठको कडा अभिव्यक्ति: 'शिक्षक-कर्मचारीले दलीय राजनीति गरे कारवाही गर्छु, उजुरी दिनुस्'

Trulli
ADVERTISEMENT

काठमाडौं- शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरु कुनै पनि राजनीतिक दलमा आवद्ध भए आफुले नछोड्ने बताएकी छिन् । सामाजिक सञ्जालमार्फत् मन्त्री श्रेष्ठले त्यस्तो पाइएमा उजुरी गर्न अनुरोध समेत गरेकि छिन् । 

शिक्षा ऐन, २०२८ दफा १६(ङ) को उपदफा ५ खण्ड ९५० को बुँदामा बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आवद्ध भए पदबाट हटाइने प्रावधान व्यवस्था गरिएको छ । 

त्यस्तै, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को १४ उपदफा २ खण्ड (ग)मा सरकारको स्वामित्वमा रहेको संस्थामा आवद्ध नरहेकालाई मात्रै दलको सदस्यता वितरण गर्नुपर्ने व्यवस्था रहेको छ । मन्त्री श्रेष्ठले कानून राम्रो भएपनि कार्यान्वयन फितलो भएको भन्दै त्यसो गरेको पाइएमा उजुरी गर्न आग्रह गरेकी हुन् ।

उनले यस्तो कहीँ कतै पाइएमा शिक्षा मन्त्रालयमा जुनसुकै माध्यमबाट उजुरी गर्न पनि आम नागरिकलाई आग्रह गरेकी छन् । उनले भनिन्, ‘अब ढिलो भइसक्यो । अब चाहिँ शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउनै पर्छ ।’