close

दक्षिणकालीमा दुई दिने बोसन महोत्सव

दक्षिणकालीमा दुई दिने बोसन महोत्सव

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिणकाली नगरपालिकामा दुई दिने बोसन महोत्सव सञ्चालन हुने भएको छ । चम्पादेवि पर्यटन प्रवद्र्धन संस्थाको आयोजना तथा नगरपालिका र वडा नम्बर १ को समन्वयमा आगामी चैत्र ३० र बैशाख १ गते सो महोत्सव हुन लागेको हो ।

महोत्सव बोसन फुटबल खेल मैदानमा हुने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय संस्कृति जगेर्ना, खेलकुद प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण, प्राकृतिक सौन्दर्यमार्फत बोसनमा पर्यटनको बिकास र स्थानीयको जीवन स्तर उकास्ने संस्थाका अध्यक्ष महेश तामाङले बताए । उनका अनुसार मुल आयोजक समारोह समिति संयोजक दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत रहेका छन् ।

नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जय थापा मगरले बोसनलाई पर्यटन हबको रुपमा परिचित गराउने बताए  । दक्षिणकाली नगरपालिका उपप्रमुख बसन्ति तामाङ डंगोलले बोसान महोत्सवले नगरबासीहरुलाई आर्थिक उपार्जनसँग जोड्ने बाटोको रुपमा उक्त कार्यक्रम परिचित हुने बताइन् ।  

दुई दिने महोत्सवमा राष्टिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती, बोसन महोत्सव र्‍याली, चम्पादेवी हाइकीङ, स्थानिय खानाको परिकारहरु, साहासिक खेल साथै झाँकी प्रदर्शनीसमेत हुनेछ ।