close

‘प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय शहर घोषणा गरिंदैछ, आइतबार आउनुस् है’

‘प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय शहर घोषणा गरिंदैछ, आइतबार आउनुस् है’

Trulli
ADVERTISEMENT

कास्की— पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पोखरालाई मुलुककै पर्यटकीय शहर घोषणा गर्न लागिएकाले सबैलाई पोखरा आउन निम्तो गरेका छन् । 

मेयर आचार्यले सार्वजनिक अपिल गर्दै प्यारो, सुन्दर पर्यटकीय शहर पोखरा एकपटक नभई पटक पटक आउन आब्हान गरेका हुन् । मुक्तिनाथ मन्दिर रहेको मुक्तिक्षेत्रको प्रवेशद्वार एवं माछापुच्छे र अन्नपूर्णको काखमा रहेको तालै तालको शहर पोखरामा आन्तरिक एवं बाह्य पर्यटकलाई स्वागत गर्न आतूर रहेको मेयर आचार्यले बताए । 

कोरोना संक्रमणपश्चात् ओरालो लागेको पर्यटकीय क्षेत्रको पुर्नउथानको प्रयास स्वरुप पोखरा महानगरपालिकाले यस्तो प्रयत्न सुरु गरेको हो । 

नेचर, कल्चर र एड्भेन्चर शहरको उपमा पाएको पोखराले अतिथीहरुको सेवामा कुनै कसर बाँकी नराख्ने जनाएको छ । पोखरालाई पर्यटकीय शहरका रुपमा विकास गर्न संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले संयुक्त पहल थालेको मेयर आचार्यले बताए । 

गण्डकी प्रदेश राजधानी समेत रहेको पोखरालाई आउँदो आइतबार पर्यटकीय शहर घोषणा गर्ने कार्यक्रम रहेको छ । पोखराको बसुन्धरा पार्कबाट सांस्कृतिक भेषभुषा सहितको र्याली आइतबार विहान सवा ११ बजे बाराही घाटमा पुगेर औपचारिक घोषणा हुने मेयर आचार्यले बताए ।