close

कटारीको बजेट ७२ करोड बढी

Trulli
ADVERTISEMENT

उदयपुर (कटारी)- उदयपुरको कटारी नगरपालिकाको सातौँ नगरसभाले ७२ करोड १२ लाख १६ हजार ५ सय ५० रुपैयाँको बजेट पारित गरेको छ । 


बिहीबार सम्पन्न नगरसभाको शुक्रबार बिहान नगरपालिका परिसरमा पत्रकार सम्मेलन गरी बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।


सभाले संघीय सरकारबाट ४९ करोड ५९ लाख, प्रदेशबाट ३ करोड ६९ लाख १७ हजार र आन्तरिक स्रोतबाट १८ करोड ८३ लाख ९९ हजार ५ सय ५० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

 

नगर प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष कृष्णराज दनुवारले नगरका १४ वटा वडालाई प्रतिवडा ७० लाख रुपैयाँका दरले वडा कार्यक्रमका लागि बजेट छुट्याइएको जानकारी दिए ।


पत्रकार सम्मेलनमा नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्ष २०७८/७९ मा नगरको वडा नम्बर ५ का अतिविपन्न बलबहादुर थापा मगरकी श्रीमती दिलमाया थापा मगर र चमेली तामाङको परिवारलाई बस्ने व्यवस्था मिलाउन आवश्यक जग्गा र घर निर्माण गरिदिने बताए ।


त्यसैगरी नगरको माथिल्लो पहाडी ५ वडा ९, १०, ११, १३ र १४ लाई टुत्र्mयाएर छुट्टै गाउँपालिका निर्माण गर्ने मागमाथि सभाले गरेको छलफलबाट जिल्ला समन्वय, प्रदेश र केन्द्र सरकारलाई सिफारिस गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिए ।


कोरोना रोकथाम कार्यक्रमका लागि १ करोड रुपैयाँको बजेट छुट्याएको नगरले प्रत्येक स्वास्थ्य केन्द्रबाट एन्टिजेन परीक्षण गर्ने उनको भनाइ छ । नगरसभामा उपप्रमुख भीमकुमारी राउतले बजेट प्रस्तुत गरेकी थिइन् । 


१० असार अगाडि नै बजेट ल्याउनुपर्ने भए पनि विविध कारणले सार्वजनिक गर्न ढिलाइ भएको प्रवक्ता दनुवारले बताए । उदयपुरका ८ मध्ये अन्य सबै स्थानीय तहले यसअघि नै बजेट ल्याइसकेका छन् ।