close

बेँसीसहरले संकलन गर्‍यो लक्ष्यभन्दा डेढ करोड बढी राजस्व 

बेँसीसहरले संकलन गर्‍यो लक्ष्यभन्दा डेढ करोड बढी राजस्व 

Trulli
ADVERTISEMENT

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिकाले गत वर्ष लक्ष्यभन्दा डेढ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा १ करोड ५६ लाख ३७ हजार ३९ रुपैयाँ राजस्व संकलन गरेको हो ।

 

नगरपालिकाले गत वर्ष ३ करोड ५० लाख ८० हजार राजस्व उठाउने लक्ष्य राखेकामा ५ करोड ७१ लाख ७ हजार ३९ रुपैयाँ राजस्व उठाउन सफल भएको हो । नगरप्रमुख गुमानसिंह अर्यालले करको दायरा बढाइएको, कुनै पनि अनियमितता हुन नदिइएको र कर उठेका कारण आन्तरिक राजस्व लक्ष्यभन्दा बढी संकलन भएको बताए ।


नगरपालिकाले सबैभन्दा बढी राजस्व घरजग्गा रजिस्ट्रेसन दस्तुर १ करोड ७९ लाख १६ हजार ३ सय ३७, बाँडफाँट भई दहत्तर-बहत्तर बिक्रीबाट प्राप्त हुने आय ८९ लाख २ हजार ५ सय ६७, घर वहाल करबाट ४४ लाख ६ हजार ७ सय ९१, एकीकृत सम्पत्ति करबाट ३४ लाख ३१ हजार ४ सय, सिफारिस दस्तुरबाट ३० लाख ७८ हजार १ सय १०, भूमिकर मालपोतबाट २६ लाख १४ हजार १ सय १४, गत वर्षको बेरुजुबाट २५ लाख ३५ हजार ७ सय ९२ र व्यवसाय रजिस्टे«सन दस्तुर २१ लाख ९१ हजार ३ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

 

नगरपालिकाले यीबाहेक वहाल बिरौटी कर, मनोरञ्जन कर, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने कर, सरकारी सम्पत्ति वहालबाट प्राप्त आय, अन्य प्रशासनिक सेवाशुल्क, नक्सापास, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित, प्रशासनिक दण्ड, जरिमाना र जफतलगायतमा कर लिँदै आएको छ । 

 

नगरपालिकाको चार वर्षअघिको आन्तरिक राजस्व १ करोड रुपैयाँ पनि थिएन । चार वर्षअघि २०७३÷७४ मा ७७ लाख ४८ हजार ४ सय ९१, २०७४÷७५ मा १ करो ड७१ लख ८६ हजार २७, २०७५÷७६ मा ३ करोड ९ लाख ५५ हजार ५५ र २०७६/७७ मा ३ करोड ३४ लाख ९ हजार ९ सय ९० रुपैयाँ रहेको थियो ।