close

झापामा बेरुजुको थुप्रो, १५ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु कचनकवलमा

झापामा बेरुजुको थुप्रो, १५ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु कचनकवलमा

Trulli
ADVERTISEMENT

झापा- झापाका स्थानीय तहमा पनि बेरुजु रकम बढी देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन सार्वजनिक गरेको छ । १५ स्थानीय तहमध्ये कचनकवल गाउँपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखाको ५८औँ वार्षिक प्रतिवेदनअनुसार कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत बेरुजु देखिएको छ ।

 

कचनकवलको कुल लेखापरीक्षण रकम १ अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाँको ६ दशमलव ६ प्रतिशत रकम अर्थात् ७ करोड २३ लाख २१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।


त्यसैगरी शिवसताक्षी नगरपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । प्रतिवेदनले शिवसताक्षीको ०.०६ प्रतिशत अर्थात् ११ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कुल रकम १ अर्ब ९० करोड ५३ लाख ६८ हजार रुपैयाँमध्ये ०.०६ प्रतिशत बेरुजु देखिएको छ ।

 

गौरीगन्ज गाउँपालिकाको बेरुजु रकम १ करोड १५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कुल रकम ९९ करोड ४३ लाख १ हजार रुपैयाँको १.१६ प्रतिशत रकम बेरुजु देखिएको हो । 

 

झापाका १५ स्थानीय तहमध्ये मेची नगरपालिकाको बेरुजु २.२७ प्रतिशत, भद्रपुर नगरपालिकाको ४.२३ प्रतिशत, दमक नगरपालिकाको १.०९ प्रतिशत, कन्काई नगरपालिकाको १.३४ प्रतिशत, अर्जुनधारा नगरपालिकाको २.९० प्रतिशत, गौरादह नगरपालिकाको १.४६ प्रतिशत छ ।


त्यस्तै, झापा गाउँपालिकाको ०.६० प्रतिशत, हल्दीबारी गाउँपालिकाको २.५९ प्रतिशत, बाह्रदशी गाउँपालिकाको १.६६ प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको २.२० प्रतिशत र कमल गाउँपालिकाको ०.०८ प्रतिशत बेरुजु रहेको छ ।