close

बाजुरा पुग्याे टेलिकमको फोरजी सेवा

बाजुरा पुग्याे टेलिकमको फोरजी सेवा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ मा नेपाल टेलिकमको फोरजी सेवासहितको टावर निर्माण हुने भएको छ । 

 

सदरमुकामसमेत रहेको यो वडामा हाल फोन सुविधा नभएकाले टेलिकमले टावर निर्माण गरी सेवा विस्तार गर्ने बडिमालिका वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।
 

‘नगरपालिकाको वडा नम्बर ७ मा कुनै पनि फोनका नेटवर्क नभएकाले वडाबासीलाई सहज फोन सुविधा उपलब्ध गराउन नेपाल टेलिकमसँग आग्रह गरेका हौँ’, वडाध्यक्ष पाध्यायले भने ।


 बडिमालिका वडा नम्बर ७ को माउलेख गाउँमा रहेको गौरी धामीको ५ सय १९ नम्बर कित्ता जग्गा नेपाल टेलिकमले लिजमा लिन सम्झौता भइसकेको छ ।

 

अबको दुई महिनामा टावर निर्माण गरी सेवा विस्तार गरिने टेलिकमले जनाएको छ । टेलिकमले यो जग्गा २० वर्षका लागि लिजमा लिएको वडाध्यक्ष पाध्यायले बताए ।