close

मार्तडीका मासु पसल अनुगमन

मार्तडीका मासु पसल अनुगमन

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरा सदरमुकाम मार्तडीमा रहेका मासु पसलको अनुगमन बढाइएको छ । बडीमालिका नगरपालिकाको आयोजनामा बजार क्षेत्रमा रहेका मासु पसलको अनुगमन गरिएको हो ।

 

भारतमा केही दिनदेखि बर्डफ्लु संक्रमण फैलिएको र संक्रमित कुखुरा नेपालमा ल्याइन सक्ने आशंकाले मार्तडीका मासु पसलको अनुगमन तीव्र पारिएको हो ।
 

मासु र मासुजन्य चीजबाट लाग्ने रोगबारे मासु पसललाई जानकारी दिन र सरसफाइमा ध्यान पुर्‍याउन निर्देशनसहित अनुगमन गरिएको नगर उपप्रमुख कविता विष्टले बताइन् ।

 

‘नगरभित्रका मासु पसलमा सरसफाइ, दर्ता, पान नम्बर लिए-नलिएकोलगायत अनुगमन गरिरहेका छौँ’, अनुगमन समिति सदस्य तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रतिनिधि नयनबहादुर रावलले भने ।

 

अनुगमनमा नगर उपप्रमुख विष्ट, जिल्ला पशुविज्ञ केन्द्र तथा भेटेनरी अस्पताल बाजुरा, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, पत्रकारलगायत सहभागी छन् ।