close

सूर्यविनायकमा २७ सहजकर्ता माग

सूर्यविनायकमा २७ सहजकर्ता माग

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले करार सेवामा सहजकर्ता माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक स्वीकृत कार्यक्रम अनुरुप सहजकर्ता माग गरेको हो । 

नगरपालिकाको अनुसार पालिकाका किसानहरुको विवरण विद्युतीय प्रणालीमार्फत संकलन गरी किसान सूचीकरण गर्नको लागि सहजकर्ता माग गरेको हो । पालिकाले सो ७ वटा वडाका लागि २७ जना किसान सुचीकरण सहजकर्ता माग गरेको हो । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।