close

धनौजीमा करार सेवामा कर्मचारी माग

धनौजीमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

धनुषा । धनौजी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको हो । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार पालिका तथा पदपूर्ति समितिको निर्णय बमोजिम खुल्ला प्रतिस्प्रर्धाबाट एक जना कम्प्यूटर अपरेटर र एक जना अनमि करार सेवामा कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । अपरेटरको लागि ६०० र अनमिको लागि ५०० रुपैयाँ दस्तुर तिरेर आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

संक्षिप्त सूची र अन्तर्वार्तामार्फत योग्य व्यक्ति छनौट गरिने गाउँपालिकाले जनाएको छ ।