close

महानगरमा ५१ जना कर्मचारी माग

महानगरमा ५१ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै करार सेवामा ५१ जना कर्मचारी माग गरेको हो । 

महानगरपालिकाको अनुसार महानगरले कार्यालय सहयोगी पदमा ५१ जना कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले सिंगल दस्तुर तिरी बैशाख १९ र दब्बल दस्तुरसहित २६ गतेसम्म आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ । 

आवेदकहरुबीच महानगरको सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने कार्यविधिसम्बन्धि कार्यविधि २०७९ बमोजिमक योग्य व्यक्ति छनौट गरिने जनाइएको छ । १८ वर्ष पुरा भइ ३५ वर्ष पुरा नभएका व्यक्तिले आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।