close

पञ्चपुरीमा करार सेवामा कर्मचारी माग

पञ्चपुरीमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

सुर्खेत । पञ्चपुरी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार स्वास्थ्य समूहमा वैभ वा सहायकस्तर पदमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्नेछन् । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।