close

छत्रकोटमा करार सेवामा कर्मचारी माग

छत्रकोटमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

गुल्मी । छत्रकोट गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार पालिकाले पशु चिकित्सक छैठौं तहमा १ जना र नायब प्राविधिक सहायक (कृषि) चौथो तह २ जना गरी ३ जना कर्मचारी माग गरेको हो । योग्य व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

आवेदकहरुबीच मौखिक तथा लिखित परीक्षा गराई योग्य व्यक्ति छनौट गरिने गाउँपालिकाले जनाएको छ ।