close

रामपुरमा १६ जना सहजकर्ता माग

रामपुरमा १६ जना सहजकर्ता माग

Trulli
ADVERTISEMENT

पाल्पा । रामपुर नगरपालिकाले करार सेवामा तथ्यांक संकलन सहजकर्ता माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै १६ जना सहजकर्ता माग गरेको हो । 

नगरपालिकाको अनुसार किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्नको लागि सहजकर्ता माग गरेको हो । किसानको पहिचान गरी सरकारी तबरबाट किसानलाई प्रदान गरिने सेवा र सुविधा पारदशिकता तथा सुशासन अभिवृद्धि गर्नको लागि विवरणहरु विद्युतीय प्रणाली मार्फत संकलन गरी परिचयपत्र प्रदान गर्नको लागि सहजकर्ता माग गरिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए । 

इच्छुक व्यक्तिले ३०० रुपैयाँ दस्तुर तिरी बैशाख १९ गतेसम्म आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच अन्तवार्ता गराई योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले बताएको छ ।