close

लोकसेवा आयोगका बैकल्पिक उम्मेदवारलाई करारमा छनौट गर्दै हेटौंडा

लोकसेवा आयोगका बैकल्पिक उम्मेदवारलाई करारमा छनौट गर्दै हेटौंडा

Trulli
ADVERTISEMENT

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले करार सेवामा लोक सेवा आयोग वा प्रदेश लोकसेवा आयोगका वैकल्पिक व्यक्तिलाई छनौट गर्ने भएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आयोगका विभिन्न परीक्षामा वैकल्पिक भएका व्यक्तिलाई छनौट गर्न लागेको हो । 

उपमहानगरपालिकाको अनुसार पालिकाले विभिन्न पदमा १८ जना कर्मचारी माग गरेको छ । विभिन्न विज्ञापनमा बैकल्पिक वा अस्थायी सूचीमा सूचीकृत व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिनन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुको योग्यताक्रमको आधारमा करार कर्मचारीमा छनौट गरिन उपमहानगरपालिकाले जनाएको छ ।