close

काठमाडौं महानगरद्वारा १०० जना नगर प्रहरी जवान माग

काठमाडौं महानगरद्वारा १०० जना नगर प्रहरी जवान माग

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले करार पदमा नगर प्रहरी जवान माग गरेको छ। महानगरले आइतबार एक सुचना जारी गर्दै १०० जना नगर प्रहरी जवान माग गरेको हो। 

महानगरले नेपाल प्रहरी प्रहरी जवानको बैकल्पिक सूचीबाट ७३ जना र सशस्त्र प्रहरी जवानको बैकल्पिक सूचीबाट २७ जना नगर प्रहरीको लागि माग गरेको छ । नेपाल प्रहरी जवान २०७९ चैत १९ गते गृह मन्त्रालयको बैकल्पिक सुचीमा परेका नामहरुमध्ये हुनुपर्ने छ । 

आवेदन परेकामध्ये बैकल्पिक सूचीको योग्यताक्रमको आधारमा करारमा नियुक्त गर्ने महानगरले जनाएको छ। 

नगर प्रहरी जवानमा भर्ना हुन इच्छुक योग्यता पुगेका व्यक्तिले सात दिनभित्र आवेदन दिनुपर्ने छ। बैकल्पिक सूचीमा उल्लेखित दर्ता खुलेको निवेदन र नागरिकता सहित निवेदन दिन सकिने छ।