close

पोखरा महानगरमा ४७ जना कर्मचारी माग

पोखरा महानगरमा ४७ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ४७ जना कर्मचारी माग गरेको हो । 

महानगरपालिकाको अनुसार महानगरको स्वास्थ्य महाशाखा अन्तर्गतका अस्पताल, स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरुको रिक्त पदमा कर्मचारी माग गरेको हो । महानपालिकाले विभिन्न पदमा ४७ जना कर्मचारी माग गरेको जनाइएको छ । 

इच्छुक व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । योग्यता पुगेका व्यक्तिले बैशाख २६ गतेभित्र आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ ।