close

पाँचखालमा रोजगारीको अवसर

पाँचखालमा रोजगारीको अवसर

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ३ जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि बमोजिम पाँचखाल नगर स्वास्थ्य शहर निर्माणको लागि नमुना सर्वेक्षण गर्न आवश्यक पर्ने तथ्यांक संकलक माग गरेको हो । नगरपालिकाले जनस्वास्थ्य अधिकृत सातौं तहमा १ जना र हेल्थ असिस्टेन्ट पाचौं तहमा ३  जना गरी ४ कर्मचारी माग गरिएको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र तोकिएको दस्तुर तिरी आवेदन दिन सक्ने जनाइएको छ । सूचनाको अनुसार सातौं तहका लागि १००० रुपैयाँ र पाचौं तहका लागि ६०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ ।