close

लुङ्ग्रीमा स्थानीय अनुदान शिक्षक माग

लुङ्ग्रीमा स्थानीय अनुदान शिक्षक माग

Trulli
ADVERTISEMENT

रोल्पा । लुङ्ग्री गाउँपालिकाले स्थानीय अनुदान शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै बालविकास तहमा १ जना शिक्षक माग गरेको हो । 

गाउँपालिकाको अनुसार गाउँपालिकाको वडा नम्बर ७ अन्तर्गत श्रीजलबराह बाल विकास केन्द्रका लागि एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । 

५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनमा उल्लेख गरिएको छ ।