close

धनकुटामा एकदिने रोजगार मेला

धनकुटामा एकदिने रोजगार मेला

Trulli
ADVERTISEMENT

धनकुटा। धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गरेको छ। नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गरिएको नगरपालिकाले जनाएको छ। 

मेलामा नगर क्षेत्रमा रहेका उद्योग/व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसाय लगायत १५ प्रदर्शनी कक्ष रहेका थिए। मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए। कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत भएको हो।

मेलामा जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले आयोजना गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए। रोजगारी कहाँ पाइएला भनेर काम खोजिरहेको युवा बेरोजगारको पंक्ति र अर्कोतिर कामदारको अभाव झेलिरहेका व्यवसायीहरुलाई एकैठाउँमा भेटाउने मूल उद्देश्य मेलाको रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए। 

इच्छुक तर हातमा सिप नभएका युवालाई पनि रुची अनुसारको सिपमूलक तालिमका लागि छनौट गरिनेछ। धनकुटा नरपालिकाको प्राङ्गणमा आयोजना गरिएको मेलामा विभिन्न रोजगार प्रदान गर्न सक्ने ५३ वटा संस्था तथा व्यवसायले १ सय ६७ जना जनशक्ति माग गरेका छन्। माग बमोजिमका जनजक्ति आएमा नगरपालिकाको रोहबरमा सम्झौता गरेर रोजगार प्रदान गरिने नगरपालिकाले जनाएको छ।