close

नगरप्रहरी भर्ना गर्दै भक्तपुर

नगरप्रहरी भर्ना गर्दै भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर प्रहरी भर्ना गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा नगर प्रहरी भर्ना गराउन लागेको हो । 

सूचनाको अनुसार नगरपालिकाले वरिष्ठ सहायक निरिक्षक एक जना, नगरप्रहरी सहायक निरिक्षक एक र जवान २० गरी २२ जना नगर प्रहरी भर्ना गर्न लागेको हो । सूचनाको अनुसार इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ३५ दिनभित्र अर्थात साउन ९ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । 

 वरिष्ठ सहायक निरिक्षक र नगरप्रहरी सहायक निरिक्षकका लाागि कक्षा १२ उर्तीण भई ३० वर्ष पुरा भई ४५ वर्ष ननाघेका र जवानको लागि एसएलसी वा एसईई  उत्तीर्ण भई १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने छन् । 

निर्धारित दस्तुर तिरी आवेदन दिन सक्ने छन् । शारीरिक तन्दुरुस्ति, लिखित र अन्तर्वार्तामार्फत योग्य व्यक्ति छनौट गरिेने नगरपालिकाले जनाएको छ ।