close

सीप सिकेर स्वरोजगार बन्दै सबैलाका स्थानीय

सीप सिकेर स्वरोजगार बन्दै सबैलाका स्थानीय

Trulli
ADVERTISEMENT

धनुषा - सबैला नगरपालिकाले बेरोजगार युवालाई सीप दिएर रोजगार दिँदै आएको छ । नगरपालिकाले गरिबी निवारण तथा उद्यम विकास तालिम अन्तर्गत स्थानीय बासिन्दालाई रोजगारीमूलम तालिम सञ्चालन गर्दै आएको छ । 

नगरपालिकाको उद्यम विकास शाखा प्रमुख अजय कुमार साहका अनुसार पालिकाले युवा लक्षित, महिला लक्षित तथा विभिन्न समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । लक्षित वर्गलाई डकर्मी, सिकर्मी, सिलाईबुनाईलगायतको सीपमूलक तालिम सञ्चालन गर्दै आएको उनले पालिकाखबरलाई बताए । 

कार्यक्रममार्फत केही व्यक्तिले रोजगारी भएको उनको भनाइ छ । सीप सिकेका व्यक्तिले पालिकाभित्र तथा बाहिर गएर काम गर्दै आएको उनले बताए । सो समूहले उत्पादन गरेको सामग्रीको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्दै आएको उनको सुनाए ।