close

देवताल गाउँपालिका भन्छ- यसबर्ष ५६४ जना युवालाई रोजगारी दिन्छाैं

देवताल गाउँपालिका भन्छ- यसबर्ष ५६४ जना युवालाई रोजगारी दिन्छाैं

Trulli
ADVERTISEMENT

बारा - देवताल गाउँपालिकाले बेरोजगार युवालाई रोगजारी दिँदै आएको छ । गाउँपालिकाले पालिकाभित्र बेरोजगार रहेका व्यक्तिहरुलाई ९० दिने रोजगारी दिँदै आएको हो । 

गाउँपालिकाका रोजगार संयोजक बिनोद प्रसाद यादवका अनुसार पालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा  ४५१ जना युवा तथा महिलालाई रोजगारी दिएको छ । उनले कच्ची रोड मर्मत सम्भार तथा नाली सरसफाईमार्फत रोजगारी दिएको  उनले पालिकाखबरलाई जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमको लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको  उनले सुनाए । गाउँपालिकाले रोजगारीको लागि आवेदन माग गरेको र सोबाट सूचीकृत गर्ने बताए । 

गाउँपालिकाले विपन्न वर्गलाई प्राथमिकतामा राखेर रोजगारी दिँदै आएको उनले सुनाए । यस वर्ष गाउँपालिकाले ५६४ जना युवालाई रोजगारी दिने योजना बनाएको उनले बताए ।