close

युवालाई रोजगारी दिन १ करोड १० लाख विनियोजन

युवालाई रोजगारी दिन १ करोड १० लाख विनियोजन

Trulli
ADVERTISEMENT

स्याङजा -  वालिङ नगरपालिकाले बेरोजगार युवालाई रोजगारी दिँदै आएको छ । नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तथा अन्य विभिन्न कार्यक्रममार्फत युवालाई रोजगार दिँदै आएको हो । 

नगरपालिकाका रोजगार सेवा केन्द्रका सब इन्जिनियर विवेक भण्डारीका अनुसार बेरोजगार युवाको सूचीकृत गरी आवश्यकता अनुसार रोजगार कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्राथमिकताको आधारमा रोजगार दिँदै आएको उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार गत आवमा रोजगारीको लागि १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । चालू आवमा पनि सो कार्यक्रमको लागि बजेट विनियोजन भएको उनले सुनाए ।