close

कर्मचारी नभएपछि बेरोजगारले पाएनन् काम

कर्मचारी नभएपछि बेरोजगारले पाएनन् काम

Trulli
ADVERTISEMENT

सिराहा - सखुवानन्कारकट्टी गाउँपालिकाले रोजगारी शाखाको कार्यक्रमलाई सञ्चालनमा ल्याउन सकेको छैन । शाखाको लागि आवश्यक कर्मचारी व्यवस्थापन नभएपछि शाखाको कार्यक्रम सञ्चालन हुन नसकेको हो । 

गाउँपालिकाको प्रधानमन्त्री रोजगार शाखाका रोजगार संयोजक पुरुषोत्तम झाका अनुसार कार्यक्रम सञ्चालनको लागि शाखामा कर्मचारी अभाव छ । शाखाले रोजगारी सहायक र प्राविधिक सहायकको लागि कर्मचारी माग गरेता पनि पालिकाभित्रको राजनीतिक विवादका कारण व्यवस्थापन हुन नसकेको उनले  पालिकाखबरलाई बताए । 

कर्मचारीकाे अभावले शाखाकाे लागि विनियाेजन गरेकाे रकमसमेत फ्रिजमा बसेकाे उनले सुनाए । आफूहरुले कर्मचारीकाे माग गरेता पनि गाउँपालिकाले दरखास्तकाे लागि अनुमति नदिएकाे उनले बताए ।

पालिकाभित्रका अन्य प्राविधिक कर्मचारीको सहयोगमा योजना सञ्चालन गर्ने भनिएता पनि सो नभएको उनले सुनाए । चालु आर्थिक वर्ष २०८०/०८१ मा दुई जना कर्मचारीको व्यवस्थापन गरी कार्यक्रम सञ्चालन गरिने उनले बताए ।