close

औजार आफ्नै, रोजगार पालिकाको

औजार आफ्नै, रोजगार पालिकाको

Trulli
ADVERTISEMENT

बारा - विश्रामपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा ६० जना युवालाई रोजगार दिने भएको छ । गाउँपालिकाभित्र रहेका बेरोजगार युवालाई छनौट गरी रोजगारी दिन लागेको हो । 

गाउँपालिकाको रोजगार सेवा केन्द्रका रोजगार संयोजक तबरेम अलामका अनुसार बेरोजगारमा सूचीकृत भएका १८ वर्षदेखि ५९ वर्षका युवालाई रोजगारी दिने छ । चालु आवकाे लागि वडासँग कार्यक्रम माग गरेकाे उनले सुनाए । गाउँपालिकाले गत आवमा ५६ जना युवालाई रोजगारी दिएको थियो । 

रोजगारीका लागि सडक मर्मत, नाली निर्माण तथा विभिन्न कार्यक्रम सञ्चालन हुने उनले पालिकाखबरलाई बताए । कार्यक्रम सञ्चालन गर्नका लागि संघीय सरकारले जनशक्तिको लागि मात्रै बजेट विनियोजन गरे पठाइने उनले सुनाए । जनशक्तिलाई मात्रै रकम विनियोजन गर्ने उनले बताए । कार्यक्रमको लागि आवश्यक सामग्रीको व्यवस्थापन पालिकाले नै गर्नुपर्ने तर बजेटको व्यवस्थापन नभएमा जनशक्ति स्वयंले घरबाट ल्याउनुपर्ने उनले सुनाए । 

तर लक्षित वर्ग छनाैट गर्नका लागि कुनै समस्या नभएकाले उनले बताए । गाउँपालिकाले सूचना प्रकाशन गरेसँगै आउने आवेदनलाई आइएमएस प्रविधिमार्फत प्राथमिकताकाे आधारमा छनाैट गरी राेजगारी दिने उनले सुनाए ।