close

गौरीगंगाका ५० जना युवालाई राेजगारी

गौरीगंगाका ५० जना युवालाई राेजगारी

Trulli
ADVERTISEMENT

कैलाली– गौरीगंगा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ५० जना युवालाई राेजगारी दिने भएकाे छ । नगरपालिकाले  प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत राेजगारी दिन लागेकाे हाे । 

पालिकाका रोजगार संयोजक धर्मा जोशीका अनुसार नगरपालिकाले  बेरोजगारलाई लक्षित गरी डकर्मी, पोते बनाउने तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिने छ । नेपाल सरकार र आइडिएको आर्थिक सहयोगमा युवाको लागि पहल आयोजना र कामको लागि पारित भएको उनले पालिका खबलाई जानकारी दिइन् । नेपाल सरकारले लगभग २९ लाख रुपैयाँ  र आइडिएकोबाट २३ लाख रुपैयाँ वजेट विनियोजन गरेको उनले बताइन् । 

वडाले प्रधानमन्त्री रोजगारअन्तर्गतकाे कार्यक्रमसँग सहकार्यमा के के कार्यक्रम गरेको छ त्यसैको आधारमा छनौट हुने उनको भनाइ छ । चालू आर्थिक वर्षमा रोजगार कार्यक्रममा इन्ट्री गरेका युवाको संख्या १३१५ जना थिए भने ५० जनाले मात्रै रोजगार पाउने उनकाे बताइन्  । गत वर्ष पालिकाबाट १२४ जनाले रोजगारी दिएकाे उनले सुनाइन् ।